Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रक्सी खाएर मध्यराति इन्स्पेक्टरलाई थर्काउने कांग्रेस नेता पक्राउ परेको एक घण्टामै छुटे

    रक्सी खाएर मध्यराति इन्स्पेक्टरलाई थर्काउने कांग्रेस नेता पक्राउ परेको एक घण्टामै छुटे

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 1.8K
    SHARES

    कपिलवस्तु । इलाका प्रहरी कार्यालय गणेशपुरले रक्सी खाएर मध्यराति फोनबाट इन्स्पेक्टरलाई थर्काउने कांग्रेस नेतालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादव रहेका छन् । उनलाई बुधबार राति ९ बजे प्रहरीले पक्राउ गरेको हो।



    प्रहरीका अनुसार यादवले जयनगर गाउँपालिका- ६ खरेनी चोकमा स्थानीयसँग झगडा गरेको थिए । पदको धम्की दिँदै झगडा गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।



    प्रहरीका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगेपछि ड्युटीमा खटिएका प्रहरीलाई समेत उनले अभद्र व्यवहार गरेका थिए ।

    यादवले प्रहरी निरीक्षक रणबहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    तर, उनी राजनीतिक दबाबका कारण एक घण्टाभित्रै मुक्त भएका थिए। यादवलाई नियन्त्रणमा लिई छाडेको प्रहरी निरीक्षक विष्टले स्वीकार गरेका छन् ।

    पक्राउ परेका यादव नेपाली कांग्रेसको असोजमा सम्पन्न गाउँ अधिवेशनबाट गाउँ समिति सभापतिमा विजयी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार