Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रक्सी सेवनबाट १० जनाको मृत्यु

    रक्सी सेवनबाट १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 2.2K
    SHARES

    इस्तानबुल । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुललगायत पाँच प्रान्तमा बुटलेग रक्सीको विषाक्तताका कारण कम्तीमा १० जनाको मृत्यु भएको राज्य सञ्चालित टीआरटी प्रसारकले मङ्गलबार जनाएको छ ।

    विगत दुई दिनदेखि मृत्यु हुनेको समाचार आएपछि सुरक्षाकर्मीले देशभर गुणस्तरहीन मदिरा उत्पादन गर्नेविरुद्ध अभियान थालेका छन् ।



    सो क्रममा हालसम्म तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ । प्रहरी एकाइहरूले इस्तानबुलमा एउटा बुफेमा छापा मारेर विभिन्न प्रकारका ब्रान्डका धेरै नक्कली पेय पदार्थहरू बरामद गरेको बताइएको छ ।



    गतवर्ष अक्टोबरमा टर्कीका विभिन्न प्रान्तमा बुटलेग रक्सी सेवन गर्दा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार