Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप : फाइनल प्रवेशका लागि पाकिस्तानले अष्ट्रेलियालाई दियो १७७ रनको लक्ष्य

एजेन्सी । आइसिसि टी–२० विश्वकपको सेमिफाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियालाई १ सय ७७ रनको लक्ष्य दिएको छ। पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभ।मा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो।

पाकिस्तानका लागि मोमम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए। उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए। कप्तान बाबर अजामले ३४ बलमा ३९ रनको योगदान दिए।

अर्का ब्याट्सम्यान फखर जामनले आक्रामक ब्याटिङ गर्दै अविजित ५५ रन बनाए। उनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

बलिङमा अष्ट्रेलियाका मिचेल स्कार्टले २, प्याट क्युमिन्स र आडम जम्पाले समान एक–एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077