Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा

काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार दुबईमा भएको रोमाञ्चक खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराएको हो।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाउँदै ६ बल अगावै भेट्टायो। अन्तिम २ ओभरमा २२ रन आवश्यक हुँदा अष्ट्रेलियाले एकै ओभरमा २२ रन बनायो। म्याथ्यु वेडले शाहीन शाह अफ्रिदीको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए।

अष्ट्रेलियाको जितमा वेडले नटआउट १७ बलमा ४१ रन बनाए भने मार्सक स्टोइनिसले ४० रन बनाए। डेबिड वार्नरले ४९ रनको योगदान दिए।

पाकिस्तानका लागि सादब खानले ४ विकेट लिए। अन्य बलरले शानदार प्रदर्शन गर्न सकेनन्। पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभ।मा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो।

पाकिस्तानका लागि मोमम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए। उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए। कप्तान बाबर अजामले ३४ बलमा ३९ रनको योगदान दिए।

अर्का ब्याट्सम्यान फखर जामनले आक्रामक ब्याटिङ गर्दै अविजित ५५ रन बनाए। उनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

बलिङमा अष्ट्रेलियाका मिचेल स्कार्टले २, प्याट क्युमिन्स र आडम जम्पाले समान एक–एक विकेट लिए। अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा न्यूजिल्याण्डसँगको भेटलाई पक्का गरेको छ। न्यूजिल्याण्डले इंग्ल्याण्डलाई पारजित गर्दै फाइनलको यात्रा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077