Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

देशैभर चिसो बढ्यो, यस्तो छ ३ दिनको मौसम

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक २६ गते (शुक्रबार)

दिउँसोः देशको प्रदेश न १ र प्रदेश न २ का भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।

रातीः प्रदेश न १ र प्रदेश न २ लगायत अन्य प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २७ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २८ गते (आईतबार)

दिउँसोः देशका प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श मौसम विभागको चेतावनी

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077