Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हरितगृह ग्यास कटौतीका लागि चीन र अमेरिकाबीच सहमति, विश्व चकित

एजेन्सी । हरितगृह ग्यास कटौतीका लागि चीन र अमेरिकाबीच सहमति भएको छ। जलवायु सहकार्यमा दुई ठूला देशले गरेको यो सहमतिलाई ‘आश्चर्य’को संज्ञा दिइएको छ।
स्कटल्यान्डको ग्लास्गोमा आयोजित २६ औं जलवायु सम्मेलन कोप–२६ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जीनपिङको आलोचना पनि गरेका थिए। तर सम्मेलन सकिएको केही समयमै दुई देशबीच हरितगृह कटौती गर्ने सहमति भएको हो।

दुवै शक्ति राष्ट्रले एक दशकमा हरितगृह ग्यास कटौती गर्ने सम्बन्धमा बुधबार साँझ घोषणा गरेका थिए। चीन र अमेरिका संसारका ठूला कार्बन उत्सर्जक मुलुकको रूपमा चिनिन्छन्। पृथ्वीको तापक्रम कम गर्न विश्वको तापक्रम १.५ डिग्री सेल्सियस राख्ने पेरिस सम्झौताको लक्ष्य कायम राख्नेमा दुवै मुलुक सहमत भए।

दुई देशबीचको सहमतिले जयवायुको अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ। यसलाई सकरात्मक कार्यको थालनी भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077