Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चोलेन्द्रको पक्षमा नाराबाजी गर्ने ४ महिलासहित ६ जना सर्वोच्चबाट पक्राउ

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा नाराबाजी गर्ने ६ जना कानुन व्यवसायीलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट पक्राउ गरेको छ।

प्रधानन्यायाधीश जबराको राजिनामाको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले सर्वोच्च प्रवेशमा जबरालाई रोक लगाउनधर्ना सुरु गरेपछि केही कानुन व्यवसायीहरुले उनको पक्षमा नाराबाजी गरेका थिए।

त्यसक्रममा दुई पक्षबीच सामान्य झडपसमेत भएको थियो । प्रहरीले ४ महिलासहित ६ जनालाई  पक्राउ गरेको हो।

बारले प्रधानन्यायाधीश जबरलाई अदालत प्रवेशमा रोक लगाउने भन्दै मूल गेट अगाडी धर्ना दिने भएपछि शुक्रबार बिहानैदेखि सशस्त्रको उपस्थिति बढाइएको थियो ।

तर प्रधानन्यायाधीश जबरा बारको प्रदर्शनलाई झुक्याउँदै चोर बाटोबात सर्वोच्च छिरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077