Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ३० घण्टाका लागि निषेधाज्ञा

काठमाडौं । जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा भोलीसम्मका लागि निषेधाज्ञा लगाएको छ । प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्।

जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो।

त्यसैक्रममा शनिबार हिन्दु समुदायले मोटरसाइकल र्‍याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ।स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

झडपमा केही प्रहरी घाइते छन् भने स्थिति पूरै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई लखेटिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई समुदायबीच तनाव हुन थालेपछि शुक्रबार बास्तोलाले बैठक बोलाएर सहमति गराएका थिए। तर, एकाएक शनिबार हिन्दु समुदायले र्‍याली निकालेर जान खोजेपछि निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जनाएका छन् ।

शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३क० बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ। देवपुराको पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्बा जाने बाटो र दक्षिणमा निमचोकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाल बास्तोलाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077