Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कस्तुरीको छालासहित बल्खुबाट एक जना पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु (कस्तुरी)को छाला (आखेटोपहार)सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर जिल्ला महांकाल गाउँपालिका वडा नं.५ चन्दनपुर घर भइ काठमाडौँ बस्ने २८ बर्षीय दिपेश तिमल्सिना रहेका छन्।

सीआईबीका एसपी श्याम कुमार महतोका अनुसार तिमल्सिनालाई गत शुक्रबार वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले बल्खुबाट पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा खटिएको सीआईबीको टोलीले  उनको साथबाट संरक्षित वन्यजन्तुको जस्तो देखिने छाला (आखेटोपहार) समेत बरामद गरेको एसपी महतोले बताए।

पक्राउ परेका तिमल्सिनालाई वरामद आखेटोपहारसहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौँमा बुझाईएको  सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077