Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कालिमाटीबाट १६ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सोह्र लाख बिस हजार नगदसहित एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी जिल्ला मलेपुर गा.पा.५ घर भइ काठमाडौँ कालिमाटी बस्ने २५ बर्षीय अमर नारायण दास रहेका छन् ।

महाशाखाका अनुसार दासलाई पूर्व सूचनाको अधारमा आज दिउँसो ४ बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट पक्राउ गरिएको हो ।

आइतबार उक्त स्थानमा हुण्डीको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनको साथबाट १६ लाख २० हजार ९ सय नगद बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दासलाई  आवश्यक थप कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077