Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एक रातको १४ लाख भाडा तिर्नुपर्ने रिसोर्टमा अभिषेक र ऐश्वर्यको बास

    एक रातको १४ लाख भाडा तिर्नुपर्ने रिसोर्टमा अभिषेक र ऐश्वर्यको बास

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन आफ्नी छोरी आराध्याको जन्मदिन मनाउनका लागि माल्दिभ्स गएका छन् ।

    ऐश्वर्य र अभिषेककी छोरी आराध्याको जन्मदिन नोभेम्बर १६ हो । उनी १ वर्ष पुगेकी छिन्। यो विशेष दिन मनाउनका लागि अभिषेक–ऐश्वर्याले मालदिभ्स छानेका हुन् ।



    उनीहरु त्यहाँ अमिला नामको विलासी रिसोर्टमा बसिरहेका छन् । हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा ऐश्वर्याले रिसोर्टको फोटो सेयर गरेकी छिन् । थुप्रै विलामा नीजि पूल र सी भ्यू पनि समावेश छ जहाँ एक रातको ७६००० देखि १४ लाख भारुसम्म तिर्नुपर्छ ।



    यसअघि यसै महिना १ नोभेमबरमा पनि ऐश्वर्या रायको ४८ औं जन्मदिनमा अभिषेकले उनी र आराध्यालाई मालदिभ्स लिएर गएका थिए । यी तिनैजनाको फोटो सार्वजनिक भएको थियो जुन निकै चर्चाको विषय बनेको थियो ।

    ऐश्वर्या र अभिषेकले २० अप्रिल २००७ मा विवाह गरेका थिए । विवाहको चार वर्षपछि १६ नोभेम्बर, २०११ मा छोरी आराध्याको जन्म भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार