Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पनामा पेपर्स लिक : ईडीले ऐश्वर्या रायलाई के सोध्यो ?

    पनामा पेपर्स लिक : ईडीले ऐश्वर्या रायलाई के सोध्यो ?

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । पानामा पेपर्स लीक प्रकरणमा ऐश्वर्या राय बच्चनलाई प्रवर्तन निर्देशनालय(ईडी)ले सोमबार ५ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको छ । ऐश्वर्यासँग उनको कथित कम्पनी र बैंक खाताको बारेमा प्रश्न गरिएको थियो।

    ईडीले उनलाई सोमबार दिल्लीको लोकनायक भवनमा सोधपुछ गरेको थियो। ईडीका अधिकारीहरूले ऐश्वर्याका लागि प्रश्नहरूको सूची तयार गरिसकेका थिए।



    ‘दैनिक भास्कर’ले स्रोतलाई उद्धृत गर्दै लेखेको छ कि ईडीले ऐश्वर्यालाई सोध्यो, ‘५० हजार डलरमा किनेको कम्पनी १५०० डलरमा किन बेच्नु भयो रु अमिताभ बच्चनकी बुहारी बनेपछि किन बन्द भए कम्पनी र?’



    उनी साँझ ७ः३० बजे ईडीको कार्यालयबाट निस्किन् । उनले ईडीसमक्ष मुद्दासँग सम्बन्धित केही कागजातहरू पनि पेश गरेकी छन्।

    सन् २०१६ मा बेलायतमा पानामा कानूनी फर्मको साढे ११ करोड कर कागजातहरू लीक भएको थियो। जसमा विश्वभरका ठूला नेता, व्यापारी र ठूला व्यक्तित्वको नाम सार्वजनिक भएको थियो । यी व्यक्तिमाथि कर छली गरेको आरोप छ, जसबारे कर प्राधिकरणले अनुसन्धान गरिरहेको छ ।

    भारतको कुरा गर्दा झण्डै ५ सय जनाको नाम सार्वजनिक भएको थियो । यसमा बच्चन परिवारको नाम पनि समावेश छ।

    अखबारले एक रिपोर्टको आधारमा अमिताभ बच्चनलाई ४ कम्पनीको निर्देशक बनाएको लेखेको छ । तीमध्ये तीन बहामास र एक भर्जिन टापुमा थिए। यी १९९३ मा बनाइएको थियो। यी कम्पनीहरूको पुँजी ५ हजारदेखि ५० हजार डलरसम्म थियो तर यी कम्पनीहरूले जहाजको व्यापार गर्दै आएका थिए, जसको मूल्य करोडौं थियो ।

    ऐश्वर्या यसअघि एउटा कम्पनीको निर्देशक बनेकी थिइन् । पछि उनलाई कम्पनीको सेयरधनी घोषणा गरियो । कम्पनीको नाम अमिक पार्टनर्स प्राइभेट लिमिटेड थियो। यसको मुख्यालय भर्जिन टापुमा थियो।

    ऐश्वर्या बाहेक उनका आमाबुवा र भाइ पनि कम्पनीमा साझेदार थिए। यो कम्पनी सन् २००५ मा गठन भएको थियो। तीन वर्षपछि अर्थात् सन् २००८ मा कम्पनी बन्द भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार