Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पनामा पेपर्स लिक : ऐश्वर्या रायमाथि साढे ५ घण्टासम्म सोधपुछ

    पनामा पेपर्स लिक : ऐश्वर्या रायमाथि साढे ५ घण्टासम्म सोधपुछ

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 2.4K
    SHARES

    एजेन्सी। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पानामा पेपर्स काण्डमा सोमबार भ्रष्टाचार विरोधी छानबिन गर्ने निकाय इनफोर्समेन्ट डाइरेक्टोरेट (इडी) समक्ष हाजिर भएकी छिन् ।

    अनुसन्धान एजेन्सीले दिल्लीमा ऐश्वर्या रायको बयान रेकर्ड गरेको थियो। उनीमाथि विदेशी विनिमय व्यवस्थापन ऐन (फेमा) को उल्लङ्घन गरी विदेशमा पैसा जम्मा गरेको आरोप छ। ऐश्वर्या रायलाई ईडीले करिब साढे ५ घण्टासम्म सोधपुछ गरेको थियो, जसमा उनलाई धेरै प्रश्न सोधिएको थियो ।



    प्रवर्तन निर्देशनालय स्रोतका अनुसार सन् २००४ मा ब्रिटिस भर्जिन आइल्याण्डमा एमिक पार्टनर्स नामको अफशोर कम्पनी स्थापना भएको थियो, जसको निर्देशक ऐश्वर्या राय थिइन् । पानामा पेपर्स प्रकरणमा ३०० भारतीय जोडिएका छन् ।



    पानामा पेपर्स खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआइजे) ले सन् २०१६ मा सार्वजनिक गरेको एउटा दस्ताबेज हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार