Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आज नेपाल बन्द : चोकतिर प्रहरी ! कस्तो छ बन्दको प्रभाव ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि आक्रोशित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्दले आज कात्तिक ३० गते मंगलबार नेपाल बन्द आह्वान गरेका छन् ।

कात्तिक २५ गते घोषणा गरिएको आन्दोलनका कार्यक्रमअन्तर्गत आज मंगलबार नेपाल बन्द गरिएको छ । नेपाल बन्दमा यातायात, सरकारी कार्यालय, शिक्षण संस्था, व्यापार व्यवसाय बन्द गरिएको छ भने केही क्षेत्र खुलै राखिएको छ।

नेपाल बन्द आयोजक नेकपा स्रोतका अनुसार अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा खुलै रहने बताइएको छ।

नेकपाले मूल्यवृद्धिविरुद्ध सशक्त प्रतिरोध संघर्षमा उत्रिन सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा अपिल समेत गरेको छ। सरकारले बन्दमा अप्रिय घटना नहोस भनेर ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। काठमाडौंमा मुख्य चोकहरुमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ।

उपत्यकामा बिहान सवारीसाधन अन्य दिनहरुको तुलनामा ठप्पजस्तै भएको प्रहरीले जानकारी दिएको छ। यसै त बिहान सवारी चाप कम हुने त्यहीँमाथि बन्दको घोषणाले काठमाडौंका मुख्य सडकमा एक–दुईवटा सवारीसाधन मात्रै गुडिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077