Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पोखरामा यातायात ठप्प, बन्द गराउँदै हिडेका नेकपा कार्यकर्ता पक्राउ

पोखरा । पोखरामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका आठ कार्यकर्ता पक्राउ परेका छन्। बन्द गराउँदै हिँडेका उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेहरुमा नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराज पनि रहेका छन्। बन्दमा अप्रिय घटना नहोस् भनेर सडकमा उल्लेख्य मात्रामा प्रहरीहरु परिचालित भएका छन्।

नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। कास्कीका डीएसपी सुन्दर तिवारीले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिँदै कुनै पनि अराजक गतिविधि हुन नदिने बताएका छन्।

पोखराको सडक सुनसान बनेको छ। यातायात साधनहरु नचल्दा यात्रीहरुले सास्ती पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077