Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिँदै, कडा निगरानीमा सांसद

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार गठन भएको थियो । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

९३ सदस्य रहेको प्रदेशसभामा पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । राईले विश्वासको मत लिनका लागि सत्ता गठबन्धनका सांसदहरुलाई होटलमा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077