Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंमा अराजक बन्दै बन्दकर्ता : ठाउँठाउँमा टायर बालेर प्रदर्शन

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानमा यातायात ठप्प बनाएका छन्। बिहानै सडकमा आएका उनीहरुले लैनचौर र त्रिपुरेश्वरमा टायर जलाएका छन्।

सरकारले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रिएको नेकपाले मंगलबार नेपाल बन्दको आयोजना गरेको हो । उनीहरुले लैनचौरस्थित अस्कल क्याम्पस अगाडी टायर जलाएका छन् ।

त्यस्तै त्रिपुरेश्वरस्थित युनाइटेड ट्रेड सेन्टर अगाडी पनि उनीहरुले टायर जलाएका छन् । काठमाडौंमा बन्दको आंशिक प्रभाव परेको छ। प्रहरीले उपत्यकाका विभिन्न जिल्लाहरुमा पनि बन्दकर्ताहरुलाई पक्राउ गरेको छ। देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077