Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्वोच्चका १९ न्यायाधीशहरुकाे एकै स्वर- प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ

काठमाडौँ । सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्नेमा आफूहरु एकमत रहेको बताएका छन्।

मंगलबार दिउँसो नेपाल बार एशोसिएशनसँग छलफलमा उनीहरुले तत्काल प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने र तत्कालका लागि प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्नेलगायतका विषयमा एकमत रहेको जवाफ दिएका हुन् ।

सर्वोच्चका १३ न्यायाधीश सहभागी बारसँगको छलफलमा उनीहरुले उनको राजीनामामा आफूहरु एकमत रहेको बताएको बारका सचिव ऋषिराम घिमिरेले बताए। घिमिरेका अनुसार न्यायाधीशहरुले आन्दोलनसँगै मुद्दाको सुनुवाइलाई पनि अगाडि बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने बताएका छन् ।

तर, प्रधानन्यायाधीश राणाले गोलाप्रथा लागू गर्ने सम्बन्धमा अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाएमा सहभागी हुने न्यायाधीशहरुको भनाइ छ । आजको बैठकमा न्यायाधीशहरू कुमार रेग्मी, कुमार चुडाल, बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्मा सोमबार र मंगलबार नेपाल बारसँग भएको छलफलमा अनुपस्थित थिए ।

यस्तै आज बसेको बारको बैठकले भोलि बुधबार यसअघिकै विरोध कार्यक्रम गर्ने र पर्सि बिहीबारदेखि लागि नयाँ कार्यक्रम ल्याउने तयारीमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077