Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानन्यायाधीश राणाविरुद्ध सर्वोच्चका कर्मचारीहरुले पनि सुरु गरे आन्दोलन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्च अदालतका कर्मचारीहरुले पनि आन्दोलन सुरु गरेका छन्।

गत कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायीहरुको आन्दोलन चर्किरहेका बेला सर्वोच्चका कर्मचारीले पनि आन्दोलन सुरु गरेका हुन्।

मंगलबार सर्वोच्च अदालत आधिकारीक ट्रेड युनियन र अन्य पेसागत ट्रेड युनियनले अहिले देखिएको समस्याको समाधान र अदालतमा देखिएका विकृति तथा विसंगतिको अन्त्य हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

मंगलबारदेखि सुरु आन्दोलनको पहिलो चरणमा अदालतका सम्पूर्ण कर्मचारीहरुले हस्ताक्षर संकलन गरी वुझाउने अभियान सुरु भएको जनाइएको छ।

अदालतमा देखिएका विकृति र विसंगति हटाउन देशभरका अदालतका कर्मचारी एवम् न्यायाधीशहरुलाई ऐक्यवद्धता जनाउन आग्रह गरिएको सर्वोच्चका कर्मचारीहरुको भनाइ छ।

देशभरबाट प्राप्त हुने सबै हस्ताक्षर बुधबार प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई बुझाइने उनीहरुले जनाएका छन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077