Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको सोमबार हत्या भएको छ।

भारतीय संचार माध्यमका अनुसार मारिनेहरुमा मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङ रहेकी छिन्।

संचारमाध्यममा जनाइए अनुसार उनीहरुको शव उनीहरुले कम गर्ने घरमै भेटिएको हो । उनीहरुको शव मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएको अवस्थामा फेला परेपछि प्रहरीले हत्याको अनुमान लगाएको हो।

प्रहरीले अनुसन्धानका क्रममा शव भेटिएको घर बाहिर पाँच मास्कधारी उभिएको ४५ सेकेन्डको सीसीटिभी फुटेज फेला पारेको जनाएको छ।

यस बिषयमा दिल्ली पुलिसले थप अनुसन्धान गरिरहेको संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077