Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश १ सभा बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएको घोषणसँगै सभामुख प्रदीपकुमार भण्डारीले अर्काे सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

मुख्यमन्त्री राईले पेस गरेको विश्वासको मतको प्रस्तावलाई बुधबारको बैठकले बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्री राईले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत परेको र सो मत बहुमत भएको हो।

उनका अनुसार बैठकमा उपस्थित सांसद संख्या तथा मत विभाजनमा सहभागी ७९ जना रहेका र प्रस्तावको पक्षमा ५० मत परेको र विपक्षमा २९ मत र तटस्थ शून्य मत परेको  थियो  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077