Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चको समस्यामा प्रधानमन्त्रीले पहल गर्नुहुन्छ: माधव नेपाल

धनगढी । पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवादबारे राजनीतिक दलका नेताहरुले मुख खोल्न थालेका छन् ।

यसै बिषयबारे बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस विषममा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् ।

बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्नेमा पाँच दलीय गठबन्धन एकमत भएको बताए।

‘हाम्रो पाँच दलको बैठक बस्यो । बैठकले सर्वोच्चमा देखिएको समस्यालाई राम्रो वातावरणमा छिटो भन्दा छिटो समाधान हुनुपर्दछ,' नेपालले भने, ‘यसका निम्ति प्रधानमन्त्रीज्यूले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले पहल गर्नुहुन्छ ।’

यस्तै, यसअघि हिजो नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सर्वोच्च अदालत भित्रको समस्या एक दुई दिनभित्रै समाधान हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077