Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ससुराले बुहारीको दुबै हात काटिदिए, ६ जना डाक्टरले ९ घण्टा लगाएर जोडिदिए

एजेन्सी । मध्येप्रदेशको राजधानी भोपालमा रहेको नर्मदा अस्पतालका डाक्टरले असम्भवजस्तो देखिने काम सम्भव गराएका छन्। उक्त अस्पतालमा एक महिलालाई दुबै हात काटिएको र गम्भीर अवस्थामा भर्ना गरिएको थियो।

तत्काल उपचारमा खटिएका ६ डाक्टरले ९ घण्टा सर्जरी गरेर महिलाको दुबै हात जोडिदिएका छन्। हाल महिलाको स्वास्थ्य अवस्था ठीक रहेको छ। मुश्किल सर्जरी सफल भएपछि डाक्टरको टिम उत्साहित भएको छ।

उनलाई नोभेम्बर ११ मा गम्भीर अवस्थामा अस्पताल लगिएको थियो। महिलाका ससुराले तरबारबाट उनको दुवै हात काटिदिएका थिए। उनको अनुहारमा पनि चोट लागेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077