Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

५८० वर्ष यताकै लामो चन्द्रग्रहण लागेका बेला के गर्ने के, नगर्ने ?

काठमाडौं । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्रग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ ।

यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । यो पटक कार्तिक पूर्णिमा अर्थात् आगामी नोभेम्बर १९, २०२१ (मंसीर ३) मा लाग्ने चन्द्रग्रहण ५ सय ८० वर्षकै सबैभन्दा लामो खण्डग्रास चन्द्र ग्रहण हो । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । सन् २०२१ को नोभेम्बर १९ पछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ ।

यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्नेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ हुने धार्मिक विश्वास छ ।

त्यसैले यो बेलामा गंगा स्नान, जप, हवन, पाठपारायण, दान, धर्म गरेमा अरू बेलामा गरेको भन्दा अधिक फल प्राप्त हुने मान्यता छ । चन्द्र ग्रहणका बेला सुतेमा रोग लाग्ने, पिसापिसाव गरेमा दरिद्र हुने, त्यसपछि दिसापिसावको किरोको योनीमा जन्म हुने धार्मिक विश्वास छ ।

यस्तै यो बेलामा मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मने, शृङ्गार वा गाजल लगाए कुष्ट रोगी हुने, भोजन गरेमा अधोगति पतन हुने, बन्धनमा बसे सर्पको योनि हुने र कसैलाई मारेमा वा आफू मरेमा नरकमा जाने धार्मिक विश्वास छ । तर यसमा वैज्ञानिक सत्यता भने छैन ।

विज्ञान ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको कीटाणु घुम्ने हुँदा खाना खान नहुने र स्नान गर्नु पर्ने मान्यता राख्दछ । ग्रहणको बेला घर भित्रै बसेको राम्रो मानिन्छ । यसै गरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।

ग्रहणको समयपछि घर मन्दिर वा पूजा कोठा सफाइ गर्नुपर्ने र मूर्तिहरूमा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ । ग्रहण समयमा पूजा गर्नु हुँदैन। मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077