Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आज यी स्थानमा पानी पर्दै

    आज यी स्थानमा पानी पर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । जस कारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



    राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आङ्कलन गरेको छ ।



    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । शनिवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार