Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीमा विवादबारे भारत र चीनबीच १४ औं चरणको वार्ता हुने

एजेन्सी । चीन र भारतका सुरक्षा अधिकारीबीच चाँडै १४ औ चरणको वार्ता हुने भएको छ ।

यसअघि बिहीबार दुबै देशका सुरक्षा अधिकारी सम्मिलित सल्लाह र संयोजनका लागि कार्य संयन्त्र (डब्लुएमसीसी) को वार्तापछि पूर्वी लद्दाखमा तनाब अन्त्य गर्न अर्को बैठक बस्ने सहमति भएको हो ।

बैठकपछि भारतीय विदेश मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै भनेको छ, 'पूर्वी लद्दाखमा देखिएको सीमा समस्या समाधान गर्न भारत र चीनका वरिष्ठ कमान्डरहरुबीच चाँडै १४औं चरणको वार्ता हुनेछ।' सीमा क्षेत्रमा उत्तेजक गतिविधि नगर्न पनि दुवै देश सहमत भएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि भारत र चीनबीचको अन्तिम सम्पर्क गत अक्टोबर १० मा  भएको थियो। यो १३ औं चरणको वार्ता थियो ।

प्याङगोङ तालनजिक दुबै देशका सेनाको आमने सामनेपछि गत वर्षको मे महिनामा लद्दाखनजिक चीन र भारतका सेनाबीच दोहोरो झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077