Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमको खुद मुनाफामा ४८.९० प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल टेलिकम चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १३.२ प्रतिशतले नाफा वृद्धि गराउन सफल भएको छ । गत आवको प्रथम त्रैमासिकमा कम्पनीको सञ्चालन आय ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रहेकोमा चालु आवको सोही अवधिमा ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार पुगेको छ । टेलिकमले प्रथम त्रैमासिकमा १ अर्ब १३ करोड ९९ लाख ५४ हजार अर्थात, १३.२ प्रतिशतले नाफ वृद्धि भएको जनाएको छ ।

चालु आवमा कुल आय पनि ८.३९ प्रतिशतले वृद्धि भएको नेपाल टेलिकमले जनाएको छ । गत वर्षको पहिलो त्रैमासिकमा कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकोमा चालु आवको सोही अवधि १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेको छ ।

त्यसैगरी खुद मुनाफा भने ४८.९० प्रतिशतले बद्धि भएको छ । गत आबमा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार खुद मुनाफा रहेकोमा चालु आवमा २ अर्ब २५ करोड ९९ लाख ४ हजार रहेको छ ।

फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन जाँदा कम्पनीको नाफा बढेको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यसैगरी टुजी र थ्रीजीको पहुँच नपुगेका स्थानहरुमा समेत सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको, कम्पनीको FTTH सेवाप्रति ग्राहकको आकर्षणमा वृद्धि भई FTTH मार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा IPTV सेवाका ग्राहकहरु वृद्धि हुन गइ Fixed Network बाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077