Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एमसीसी के हुन्छ ? भन्ने लुको प्रश्नमा ओलीको जवाफ- सरकारले परामर्श गरेकै छैन

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लुले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता (एमसीसी) के हुन्छ भनेर जिज्ञास राखेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार जवाफमा अध्यक्ष ओलीले सरकारले आफ्नो दलसँग अहिलेसम्म कुनै परामर्श नगरेको भन्दै यसबारे ठोस धारणा नबनाएको बताएका थिए ।

भेटमा अध्यक्ष ओलीले कोभिड–१९ लगायत स्वास्थ्य, शिक्षा, पूर्वाधार क्षेत्रमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिएको स्रोतको भनाइ छ।

यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।


भेटवार्तामा नेपालमा दुई देशबीचको सम्बन्धका साथै अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना लगायतका विषयमा कुराकानी भएको बताइएको थियो।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077