Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माघ १२ गते राष्ट्रियसभा सदस्यहरुको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले आगामी माघ १२ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ ।

मन्त्रिपरिषद्को यही मङ्सिर २ गते बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रकहादुर कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहमा डा श्यामसुन्दर यादव, डा भिमसिंह टिंकरी र डा गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका पदहरूमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077