Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

तीन वर्षीया बालिकालाई मन्दिरमै बलात्कार गर्ने साधु पक्राउ

धनुषा । धनुषामा ७५ वर्षीय साधुले तीन वर्षीया बालिका बलात्कार गरेका छन्। प्रहरीले क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरस्थित मन्दिरमा शुक्रबार बिहान तीन वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय साधु शिवजी रामलाई पक्राउ गरेको हो।

धनुषाको धनुषाधाम नगरपालिका–६ घर भएका साधु शिवजी राम केही दिनदेखि सोही मन्दिरमा बस्दै आएको थिए।

प्रहरी निरीक्षक सुनारका अनुसार बालिकालाई मन्दिर प्राङ्गणको कुनामा लगेर ७५ वर्षीय शिवजीले जबर्जस्ती करणी गरेको भन्दै पीडित परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएका थिए।

सोही उजुरीका आधारमा शिवजीलाई पक्राउ गरेर जबर्जस्ती करणी सम्बन्धी कसुरमा मुद्दा प्रक्रिया अघि बढाएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077