Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्रक दुर्घटनामा २४ प्रहरी घाइते, ३ को अवस्था गम्भीर

उदयपुर । उदयपुरमा ट्रक दुर्घटनामा परी २४ प्रहरी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको प्रहरीको बा१ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका– ७ अँधेरी जोगीटोलमा दुर्घटना भएको हो।

कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट–नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ओरालोमा वन टनको ब्रेक फेल भएर पल्टिएको जनाइएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

बस्ती अगाडि दुर्घटना भएकाले स्थानीयबासीले उद्धार गरी जिल्ला अस्पताल गाईघाट पठाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077