Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रदेश अधिवेशन : भैरहवा मतगणनास्थलमा झडप, ५ घाइते

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका भैरहवामा झडप भएको छ।

प्रदेश नम्बर ३ (क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि झडप भएको हो। उक्त झडपमा ५ जना घाइते भएका छन्। देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनछि मतगणनास्थलमा आक्रमण भएको थियो।

मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता केही युवाहरु आक्रमणमा उत्रिएका थिए। आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएको बताइएइको छ।

आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ। मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण समर्थकले आक्रमण गरेको श्रेष्ठको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077