Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्वाधिक मतसहित युवा नेतृ एलिजा कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित

तनहुँ । नेपाली कांग्रेसकी युवा नेतृ एलिजा ढकाल प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।

नेपाल विद्यार्थी संघको नेतृ समेत रहेकी ढकाल तनहुँ कांग्रेसको क्षेत्र नम्बर १ ‘क’बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

तनहुँ कांग्रेसका कार्यकर्ताहरूका अनुसार युवा नेतृ ढकालले सर्बाधिक क्षेत्रिय प्रतिनिधिको मतसहित निर्वाचित भएकी हुन्।

एलिजाको जितसँगै तनहुँमा पनि कांग्रेसको १४औँ महाधिवेशनमा युवाहरूले कब्जा जमाइरहेको बुझिएको छ।

सानै उमेरमा निर्वाचित भएकी युवा नेतृ ढकाललाई यतिबेला सामाजिक सञ्जालहरुमा बधाई दिनेहरुको ओइरो लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077