Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ब्याटमिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ, डाक्टरले लड्न हुँदैन भन्या छ: ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्यका लागि खेल अपरिहार्य रहेको बताएका छन्।

नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूलाई पनि खेलमा रुचि भएको बताए।

तर, आफू लड्न नहुने चिकित्सकले सुझाव दिएको ओलीको भनाइ छ।

दुई पटक मृगौला प्रत्यारोप गराएका ओलीले भने, ‘म फुटबल खेल्थेँ, ब्याट मिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है । फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ । ब्याट मिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ । फुटबलबाट ब्याट मिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिनँ।’

हरेक मौसममा सबै खेल खेल्न र अभ्यास गर्ने नेपालको भौगोलिक वातावरण रहेको भन्दै अध्यक्ष ओलीले विद्यालय तहबाट पाठ्यक्रममा खेललाई समेटिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077