Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दिनदिनै बढ्दैछ चिसो, आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं । काठमाडौं लगायत देशभर नै दिनप्रतिदिन चिसो बढ्दै गएको छ । चिसो बढीरहेको यस्तो अवस्थामा वर्षा र हिमपातको सम्भावना पनि बढ्दै गएको छ । जसले गर्दा चिसो झन बढ्ने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक’दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077