Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चोलेन्द्रलाई महाअभियोग लगाउन सभामुखसहित सांसदहरुलाई ज्ञापनपत्र बुझाउने बारको तयारी

    चोलेन्द्रलाई महाअभियोग लगाउन सभामुखसहित सांसदहरुलाई ज्ञापनपत्र बुझाउने बारको तयारी

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । न्यायालय शुद्धीकरणका लागि भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै लामो समयदेखि आन्दोलनमा रहेको नेपाल बार एशोसिएशनले अब महाअभियोगको माग गर्ने भएको छ।

    सोमबारको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले अब आफूहरुले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन माग गर्ने बताए।



    उनका अनुसार सोमबार दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता तथा प्रमुख सचेकतहरुलाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।



    प्रधानन्यायाधीश जबराले कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको, अदालतमा बिचौलियाहरुसँग साँठगाँठ गरेकोलगायतका आरोप लगाउँदै गत कार्तिक १४ गतेदेखि बारले दिनहुँ प्रदर्शन गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार