Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आन्दोलनरत कानून व्यवसायीहरुलाई सर्वोच्च परिसरमा प्रदर्शन नगर्न चोलेन्द्रको चेतावनी

    आन्दोलनरत कानून व्यवसायीहरुलाई सर्वोच्च परिसरमा प्रदर्शन नगर्न चोलेन्द्रको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालत प्रशासनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न चेतावनी दिएको छ।

    सोमबार सर्वोच्च अदालत प्रशासनले प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई फोन गरेर प्रदर्शन र नारावाजी नगर्न चेतावनी दिएको हो ।



    अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालत प्रशासनबाट हिजो उनलाई फोन गरिएको थियो । फोनमा सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन नगर्न र माइक प्रयोग नगर्न भनिएको छ।



    तर, प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म आफूहरुको कार्यक्रम यथावत रहने श्रेष्ठको भनाइ छ।

    पछिल्लो समय कानून व्यवसायीहरुले नेपाल बार एसोसिएसनको अगुवाइमा हरेक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन गर्दै आएका छन् ।

    उनीहरुले प्रधानन्यायाधीश जबरामाथि मन्त्रिपरिषदमा भाग खोजेकोदेखि सर्वोच्चका मुद्धाहरुमा सेटिङ गरेको लगायतका आरोप लगाउँदै न्यायपालिका सुधार आवश्यक रहेको भन्दै उनको राजीनामा मागेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार