Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ओलीसँगको भेटमा वरिष्ठ अधिवक्ता थापाले भने- चोलेन्द्रलाई प्रधानन्यायाधीश मान्दैनौं

    ओलीसँगको भेटमा वरिष्ठ अधिवक्ता थापाले भने- चोलेन्द्रलाई प्रधानन्यायाधीश मान्दैनौं

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नभई न्यायाधीशहरूले पेसी गोला प्रणालीबाट चलाउने व्यवस्था गरेको बताएका छन्।

    मंगलबार बालकोटस्थित ओली निवास पुगेको बारको टोलीको तर्फबाट कुरा राखेका अधिवक्ता थापाले सर्वोच्च अदालतका सबै न्यायाधीशलाई संसदीय समितिमा बोलाएर कुरा सुनिदिने वातावरण बनाउन आग्रह गरे।



    आफुहरुले कुनै हालतमा पनि जबरालाई प्रधानन्यायाधीश नमान्ने बताउँदै थापाले अदालतमा अति भएको टिप्पणी गरे। ‘अदालतमा अति भएको छ । प्रधानन्यायाधीशलाई देउता, इश्वर मान भनेर सबै दलले भने पनि हामी मान्ने अवस्थामा छैनौं,’ थापाले भने।



    यस्तै, ओलीसँगको भेटमा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशजबरा कामै नलाग्ने अवस्थामा पुगेको बताए ।

    ‘प्रधानन्यायाधीश काम नलाग्नेमा परिणत भइसक्नुभएको छ। धेरै दिन टिकाइ राख्न नसक्ने स्थितिमा हामी पुगिसकेका छौं,’ अध्यक्ष शाक्यले ओलीसंगको भेटमा भने, ‘ न्यायपालिकाको सवालमा प्रमुख प्रतिपक्षी दलको नेतालाई सत्यतथ्य कुरा नराखेर हाम्रो अभियान पूर्ण हुँदैन भनेर हामी आएका हौं।’

    यस्तै, ओलीसंगको  भेटमा उनीहरुले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि संवैधानिक प्रक्रिया (महाभियोग) अघि बढाउन अनुरोधसहितको ज्ञापनपत्र समेत बुझाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार