Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गुडिरहेको बसको ढोकामा बसेर चुरोट सेवन गर्दै गरेका यात्रुको खसेर मृत्यु

उदयपुर । गुडिरहेकाे बसकाे ढाेकाबाट खसेर एक जना यात्रुको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार बिहान गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसको ढोकाबाट खसेर एक युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा विराटनगर उपमहानगरपालिका-५ बरगाछीका ३० वर्षीय सिजन विक शर्मा रहेका छन्।

त्रियुगा बसपार्कबाट विराटनगर घर हिँडेका उनी बसको ढोकाबाट चुरोट सेवन गर्ने क्रममा ढाेकाबाट खसेको बसका कर्मचारीको भनाइ रहेको छ ।

प्रहरीका अनुसार उनको शव पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ ।

घटनापछि बस चालकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077