Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा बिजयी, आरजु सर्वसम्मत

    प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा बिजयी, आरजु सर्वसम्मत

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन् ।

    उनी गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए ।



    यस्तै, डडेल्धुरामा भीमबहादुर साउँद जिल्ला सभापतिमा विजयी भएका छन् । निर्वाचन समितिका अनुसार डडेल्धुराबाट देउवासहित २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।



    यसैगरी कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छिन् । खुला महिलाबाट राणासहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भए। सरस्वती खड्का, कौशिला भट्ट र कलावतीदेवी बोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

    कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार