Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्समा पाइलटको मनलाग्दी: ड्यूटी सकिएकाे भन्दै रुकुम उडेको प्लेन नेपालगञ्जमै अवतरण

काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट पेम्बा शेर्पाले आफ्नो ड्युटी सकिएको भन्दै उडाउँदै गरेको जहाजलाई गन्तव्यमा नै नपुर्याई बीचमै अवतरण गराएका छन् ।

सोमबार रुकुमका लागि उडेकाे नेपाल एयरलाइन्सको ट्वीनअटर प्लेनलाई पाइलटले ड्यूटी सकिएकाे बहानामा नेपालगञ्ज विमानस्थलमा अवतरण गराएर यात्रुलाइ अलपत्र बनाएका हुन् ।

त्रिभुवन विमानस्थलका अनुसार रुकुमको चौरजहारी विमानस्थल जाँदै गरेको जहाजमा ८ जना यात्रुले यात्रा गरिरहेका थिए ।

सोमबार पाइलट शेर्पाको ड्यूटी बिहान ५ः३० बजे सुरु भएर अपरान्ह ४ बजेसम्म थियो । उनले ४ बजेपछि यात्रुलाई रुकुम पुर्याउन पर्नेमा नेपालगञ्जमा नै अवतरण गराए ।

यसबारे नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यात्रुलाई बीचमा नै छाडिएको जानकारी भर्खरै पाएको र यसबारे निगमले अध्यन गरिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077