Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनमाथि आक्रमण गर्ने रुसको तयारी, अमेरिकाले हतियार पठाउँदै

काठमाडौं । पछिल्लो समय बढ्दै गएको रुस र युक्रेनबीच तनाब बढ्दै गएपछि थप हिंस्रक मोड सिर्जना हुने देखिएको छ।

एक अमेरिकी इन्टेलिजेन्सको रिपोर्टअनुसार रुसले युक्रेनमाथि आक्रमण गर्नका लागि ठूलो स्तरमा तयारी गरिरहेको छ । रिपोर्टका अनुसार रुसी सेनाले अलग अलग ठाउँमा युक्रेनविरुद्ध सैन्य कारवाही गर्ने बताइएको छ ।

यसबारे ब्लुमबर्गले एक रिपोर्ट प्रकाशित गर्दै अमेरिकाले आफ्ना नाटो सहयोगीहरुलाई खुफिया सूचनाको साथमा केही नक्सा पनि उपलब्ध गराएको जनाएको छ । यी सूचना र नक्साले रुसी राष्ट्रपतिले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको देखाउने अमेरिकाको भनाइ छ ।

पुटिनले अर्को वर्ष सुरु भएसँगै जनवरीमै युक्रेनमाथि आक्रमण गर्न सक्ने रिपोर्टमा जनाइएको छ । रिपोर्टका अनुसार पुटिन चाहन्छन् कि युक्रेनमाथि अलग अलग स्थानबाट आक्रमण गरियोस् । यसका लागि करिब १ सय सैन्य टुकडीहरुलाई तयार रहन निर्देशन दिइएको छ ।

यासंगै गत हप्ता पुटिनले रोसिया टिभी च्यानललाई दिएको एक अन्तर्वार्तामा रुसले युक्रेनमाथि आक्रमण गर्ने रणनीति बनाइरहेको भन्ने रिपोर्टलाई पूर्ण रुपमा अस्वीकार गरेका छन् । यसका साथै पुटिनले अमेरिका र उसका सहयोगीहरुलाई रुसलाई कडा बदम उठाउन बाध्य नपार्न चेतावनी दिएका थिए ।

यसैबीच अमेरिकी मिडिया सीएनएनले रुसको सम्भावित आक्रमणलाई दृष्टिगत गर्दै अमेरिकाले युक्रेनलाई घातक हतियार सहयोग गर्ने तयारी गरिरहेको दावी गरेको छ । अमेरिकाले युक्रेनलाई सहयोग गर्नको लागि सैन्य सल्लाहकार र हतियारसहित नयाँ उपकरण पठाउने तयारी गरिरहेको यस विषयसँग सम्बन्धित धेरै स्रोतहरुले बताएको सीएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077