Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पार्टीभित्र ल्याङल्याङ अन्त्य भयो: एमाले अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ‍(नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट बाहिरिएका माधव नेपालसहितका नेताहरुलाई लक्षित गर्दै ल्याङल्याङ अन्त्य भएको बताएका छन्।

मंगलबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले केही मानिसहरु पार्टीबाट चोइटिएर जाँदा ल्याङल्याङ सकिएको बताए ।

पछिल्लो समय संचार माध्यमहरुमा एमालेभित्र ल्याङल्याङ हुने गरेको खबर आएको भन्दै ओलीले भने,'सञ्चार माध्यमहरुले एमालेका कति ल्याङल्याङ भनेका थिए । केही मानिस चोइटेर गएका छन् । त्यसले ल्याङल्याङ अन्त्य गरेको छ।'

यस्तै, अध्यक्ष ओलीले एमाले नफुटेको दाबी गर्दै भने, 'हामी सत्तामा थियौं, प्रतिपक्षमा मात्रै पुगेका छौं । शुद्धिकरण र सुढृदीकरणको अवसरमा मिलेको छ, फुटेको होइन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077