Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

माओवादी अधिवेशन झापामा गर्न प्रचण्डलाई ओलीको चुनौती

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको अधिवेशन झापामा गर्न पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चुनौती दिएका छन् ।

प्रचण्डले चितवनमा महाधिवेशन गरेर एमालेले आफूलाई घेराबन्दी गरेको गुनासो गरेका बेला ओलीले कोही चुनाव लडेको छ भन्दैमा महाधिवेशन गर्नैं नहुने कुरा स्वीकार्य नभएको बताए ।

मंगलबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले भने, 'महाधिवेशन कहाँ गर्ने समस्या होइन । रोल्पातिर गरौं चुनाव लड्नु भएको छ । सिरहा गरौं उहाँ लडेको छ । काठमाडौंमै गरौं उहाँ चुनाव लडेको छ, कहाँ लडौं ? उनले प्रश्न गरे।'

ओलीले अघि भने, 'चितवनमा गर्दा पनि उहाँ लडेको छ, हामीले त आफ्नो पार्टीको चुनाव गरिरहेका हौं । बरु म उहाँलाई झापा आउन आह्वान गर्छु । झापा आएर माओवादी अधिवेशन गर्नुस् ।'

यस्तै अध्यक्ष ओलीले पार्टीबाट बाहिरिएका माधव नेपालसहितका नेताहरुलाई लक्षित गर्दै ल्याङल्याङ अन्त्य भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077