Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सीमा क्षेत्रमा बस्ने नेपालीका कारण पूरा देश जोगिएको छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपालीको प्रशंसा गरेका छन्। नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको बताउँदै उनले सीमा क्षेत्रका नेपालीहरुको अब्बल राष्ट्रवादी भएको उल्लेख गरे।

रुपन्देहीको कोटहीमाई गाउँपालिका– ५ मर्चबारीमा रहेको मर्चबारी माई मन्दिरमा पूजाआजापछि कांग्रेसका नेता तथा कार्यकर्तासँगको भेटमा उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएको पनि जानकारी दिए।

गृहमन्त्री खाँणले सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलियान, आली, बगैँचालगायतका स्थललाई मेरो हो भन्दै जोगाएकोले आज पूरा देश जोगिएको बताएका छन्।

त्यस्तै उनले हिउँदे बाली लगाउने वेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटो समाधान गर्ने पनि बताए। नेता तथा कार्यकर्तासँगको भेटमा किसानलाई आवश्यक परेका बेला मल उपलब्ध गराउने गरी काम गर्ने प्रतिबघता उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077