Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वर्षा खड्का प्रसाई रहेकी छिन्। उनको गत नोभेम्बर २२ का दिन मृत्यु भएको थियो।

डिसी क्षेत्रको डब्लुयुएसए९ डटकमले मृत्यु हुने महिलाको पहिचान उल्लेख गरेको छ। समाचारमा उल्लेख भए अनुसार खड्काको घर नेपालको झापा जिल्लामा रहेको छ। मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा भएको उक्त दुर्घटनामा ठक्कर दिएर चालक अझै फरार रहेको बताइएको छ।

प्रहरीका अनुसार ती महिलालाई सपर्सस्थित चिकित्सा केन्द्र (मेडिकल सेन्टर ड्राइभ) बाट पार गर्न खोज्दा साँझ ७ बजेभन्दा अगाडि कारले ठक्कर दिएको थियो। मेरिल्याण्ड ल्यान्डओभरकी ४० वर्षीया प्रसाईको नजिकैको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।

उनको शव शरीर नेपाल पठाउनको लागि नेपाली दुताबास तथा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पहल गरिरहेको परिवारका सदस्य भर्जिनिया गेन्सभिल शहरका सन्तोष प्रसाईले जानकारी दिए। मृतक आईओएममा कार्यरत थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077