Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको बैठक बस्दै, ‘फुलकोर्ट’को मिति तोक्ने तयारी

    प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको बैठक बस्दै, ‘फुलकोर्ट’को मिति तोक्ने तयारी

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 786
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरु पूर्ण बैठक(फुलकोर्ट)को मिति तोक्ने तयारीमा छन्।

    स्रोतका अनुसार फुलकोर्टको मिति तोक्नका लागि न्यायाधीशहरु छलफलमा जुटेका छन्। छलफलले मिति तोकेपछि गोलाप्रथाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गरिनेछ।



    यता, पछिल्लो समय न्यायालय सुधारका लागि गत कार्तिक १४ गतेदेखि आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले जबराको राजिनामा माग गर्दै आएको छ।



    प्रधानन्यायाधीश जबरामाथि मन्त्रिपरिषदमा भागबण्डा खोजेको, न्यायालयमा भ्रष्टाचार गरेकोलगायतका आरोपहरु लगाउँदै बारले दिनहुँ सर्वोच्च परिसरमा प्रदर्शन गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार