Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै, सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल

    न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै, सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 669
    SHARES

    फाइल फोटो

    काठमाडौं । न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सो माथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ ।

    मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो ।



    न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ । तर, सो मापदण्ड कार्यान्वयन हुनेमा आशंका देखिएको छ ।



    सर्वोच्च अदालत अभिलेख अदालत भएकाले यहाँ नियुक्ति गर्दा चरणबद्ध छलफलपछि निर्णयमा पुग्नेगरी मापदण्ड बनाउनुपर्ने न्यायाधीशहरूको माग छ ।

    विगतका भएको न्यायाधीश नियुक्ति प्रक्रियाको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने र उच्च अदालतमा क्षमतावान् न्यायाधीश नियुक्ति गर्नुपर्ने विषय उठेका छन् ।

    क्षमतावान् न्यायाधीश नियुक्ति गर्दा मुद्दाको चाप पनि घटाउन सहयोग पुग्ने सुझाव सर्वोच्च अदालतका न्यायाधीशहरूले फुलकोर्ट बैठकमा दिएका छन् । राजधानी दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार