Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रधानन्यायाधीशको मर्यादाक्रमको विषयमा छलफल गर्न सर्वोच्चले बोलायो फुलकोर्ट

    प्रधानन्यायाधीशको मर्यादाक्रमको विषयमा छलफल गर्न सर्वोच्चले बोलायो फुलकोर्ट

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 498
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीशको मर्यादाक्रम हेरफेर गर्ने गरी राष्ट्रिय सभामा टेबल भएको विधेयकबारे छलफल गर्न सर्वोच्च अदालतले फुलकोर्ट बैठक बोलाएको छ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले दिउँसो ४ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन्।



    फुलकोर्ट बैठकबाट सर्वोच्च अदालतले त्यस विषयमा धारणा प्रस्ट गर्न लागेको सर्वोच्च अदालतका एक कर्मचारीले बताए।



    चैत ५ गते राष्ट्रिय सभामा दर्ता भएको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ले चौथो नम्बरमा रहेको प्रधानन्यायाधीशको मर्यादा घटाएर पाँचौ नम्बरमा झार्न प्रस्ताव गरेको छ ।

    राष्ट्रिय सभामा विधेयक टेबल भएसँगै यसको सार्वजनिक रुपमा विवाद तथा आलोचना भईरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार