Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

माओवादी र नेकपा समाजवादी कांग्रेसको पुच्छर हुन् : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेस पुच्छरको संज्ञा दिएका छन्।

बुधबार अपरान्ह युवा संघ नेपालको 'साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी र नेकपा समाजवादीलाई पन्छ्याएर अघि बढ्ने दाबी गरे।

कार्यक्रममा माओवादी र नेकपा समाजवादीको नाम भने उच्चारण नगरेका ओलीले घुमाउरो पारामा कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेको भन्दै यस्तो जिकिर गरेका हुन्।

‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन्, ओलीले भने, 'कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन’, ओलीले भने ।

पछिल्लो समय अध्यक्ष ओली आफूलाई बालुवाटारबाट बालकोट पुर्याउन  माओवादी र नेकपा समाजवादी मिलेर कांग्रेसलाई उचालेको भन्दै उनीहरुबिरुद्ध आक्रामक बन्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077